१६ जेष्ठ २०८२, बिहिबार | Fri May 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


थानकोट जेसिजकाे रजत जयन्तीकाे सम्मेलन तयारी पुरा



२५ वर्षपछि पहिलो पटक थानकोट जेसिजकाे रजत जयन्तीकाे अवसर पारेर हुन लागेकाे नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको तयारी पुरा भएको छ ।

थानकोट जेसिजले काठमाडौंकाे नागढुङ्गामा पत्रकार सम्मेलन गरेर जेसीआई नेपाल २०२५ क्षेत्र ‘ग’सम्मेलन असोज १६ र १७ गते थानकोटमा हुने जानकारी गराएकाे हाे ।

सम्मेलनको तयारी पूरा भएको सम्मेलन निर्देशक,नेपाल जेसिजका पुर्व काेषाध्यक्ष तथा थानकोट जेसिजका पुर्व अध्यक्ष माेहनलाल डाँगीले बताए । २५ वर्षपछि थानकोट पहिलाे पटक हुन लागेकाे सम्मेलनकाे उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सम्मेलनको उद्घाटन गर्ने सम्मेलन निर्देशक डाँगीले बताए ।

कार्यक्रममा सात सय सहभागि हुने थानकोट जेसिजका संस्थापक अध्यक्ष सिनेटर नन्ददास अमात्यले बताए । उनले याे सम्मेलनवाट चन्द्रागिरिले सवै पक्षवाट सकारात्मक प्रतिफल लिनु पर्ने बताए ।

नेपाल जेसिज एरिया ग का निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा सम्मेलन सभापति कृष्ण साप्काेटाले याे क्षेत्रीय ग सम्मेलन सवै कुराबाट उतकृष्ट र नेपाल जेसिजकाे ईतिहासमा स्मरणीय बनाउने उनकाे दावी छ ।

थानकोट जेसिजकाका लागि निरूपतित राष्ट्रिय उपाध्यक्ष संगम कार्की याे कार्यक्रम ऐतिहास र सव्य र भव्य बनाउने विश्वास व्यक्त गरे ।

थानकोट जेसीजका अध्यक्ष विराज शाहीले थानकोट जेसीजकाे मात्र कार्यक्रम नभएर समग्र जेसीज युवाहरू र चन्द्रागिरि नगरपालिकाकाे कार्यक्रम रहेकाे र यसले चन्द्रागिरि नगरपालिकाकाे पर्यटन प्रर्बधन महत्त्वपुर्ण भुमिका खेल्ने बताए ।

जेसीजले थिम सेमिनार पनि गर्ने बताएको छ, जसमा वरिष्ठ अधिबक्ता तथा संविधान विद डाक्टर भिमार्जुन आर्चाय, बरिस्ठ कलाकार तथा अभिनेता दिपक राज गिरी, ईगभरनेश्नका कार्यकारी प्रमुख -दिपेश विष्ट सहभागि हुनेछन् ।

नेपाल जेसीजमा १७८ शाखा छन् । जसमा थप ६ शाखा प्रस्तावित रहेका छन् । चार क्षेत्रमा विभाजन गरिएको जेसीजको क्षेत्र ग मा बागमती प्रदेशका काठमाडौं , ललितपुर,भक्तपुर, धादिङ नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दाेलखा गरि ३८ वटा शाखा छन् ।

१६ गते शुक्रबार पर्यटन प्रवर्द्धन तथा शान्ति र्‍याली पनि आयोजना गरिने जनाईएकाे छ ।

पहिलाे दिन औपचारिक कार्यक्रम तथा प्रकरण गाेष्टी,शान्ति र्‍याली थानकोट बजारबाट पुरानाे ऐतिहासिक र सास्कृतिक महत्त्वकाे स्थल काेटघर सम्म हुनेछ । बेलुकी नेवारी परिकार संगै थानकोट नाईट समेत गरिने आयाेजकले बताएकाे छ ।

दाेश्राे दिन पर्यटन प्रवर्द्धन,चन्द्रागिरि हिस्लस र दहचाेक स्थित ईन्द्रह कालुपाण्डे समाधी स्थल अवलोकन भम्रण गर्ने भएकाे हाे । कार्यक्रममा साधरण सभा संसदीय प्रणालीवाट ब‌ैठक सञ्चालन हुने छ ।

सवसाधारण आम नागरिकहरूले भिजिटर पास १५ सय शुल्क तिरेर कार्यक्रममा सहभागी हुन पाउने आयाेजकले जनाएकाे छ भने जेसिज सदस्यहरूलाई खाना र बस्न आयाेजकले व्यवस्थापन गर्ने जनाएको छ ।

कार्यक्रममा वक्तित्व कला प्रतियोगिता, व्यापर प्रर्बधन कार्यक्रम, समाजमा जेसिज किन ? लगायत विभिन युवा लक्षित तालिम समेत सञ्चालन हुने छ ।   जुनियर जेसिज भेला सकारात्मक तवरले सञ्चालन समेत गरिने भएकाे हाे । जेसिजका राष्ट्र अध्यक्ष रजनी थापा लगायत पदाधिकारीकाे समेत उपस्थिति हुने छन् ।

याे सम्मेलनले युवा नेतृत्व र व्यक्तित्वमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा लिएकाे छ । साथै चन्द्रागिरिकाे आर्थिक सामाजिक र पर्यटन प्रर्बधनमा उल्लेखनिय याेगदान पुग्ने विश्वास लिईएकाे छ ।

युवाहरूकाे समग्र विकास र युवा मैत्री कार्यक्रम हुने भएकाले चन्द्रागिरि नगरपालिकाकाे साथ सहयाेग गर्ने विश्वास लिएकाे छ भने चन्द्रागिरिमा रहेका सामाजिक संघ सस्था, उद्योग व्यवसायीहरूले पनि कार्यक्रम गर्न साथ र सहयाेग गरेका छन् ।

विजनेश पार्टनहरूलाई मायाकाे चिनाे समेत प्रदान गरिनेछ ।थानकोट जेसिजले रजत जयन्तीकाे अवसर पारेर उक्त दिन शाेनितपुर स्मारिका समेत विमाेचन गर्ने भएकाे छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ४७ बजे