१६ जेष्ठ २०८२, बिहिबार | Fri May 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भारतमा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु



भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।

मङ्गलबार कर्नाटकमा ३६, गुजरातमा १७, विहारमा पाँच र हरियाणामा तीन जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।

यसैबिच, उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।

यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या १२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा कोभिड–१९ को चार नयाँ भेरियन्ट फेला

भारतमा हालसम्म कोभिड–१९ को चार नयाँ भेरियन्ट देखिएको छ । जसमा एलएफ। सेभेन, एक्सएफजी, जेएन।१ र एनबी।१।८।१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।जेएन।१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधाभन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ । यसपछि बीए।२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप–प्रकार २० प्रतिशत देखा परेका छन् ।

जेएन।१ ओमिक्रोनको बीए।२।८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो । यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । जेएन।१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन । विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ ।

त्यस्तै एनबी।१।८।१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १२ : ५९ बजे