चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोकको ऋचा सह शिक्षा सदन माध्यामिक विद्यालयमा कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाल सितेरियो कराते सङ्घ अन्तर्गत रहेको सो विद्यालयको डोजोका प्रशिक्षार्थी विद्यार्थीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अतिस खड्काको सभापतित्व तथा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा शिवकुमार केसी, रामेश्वर मानन्धर, वरिष्ठ खेलाडी किशोर मानन्धर, लायन्स क्लब चन्द्रागिरिका अध्यक्ष मदन कार्कीलगायतका व्यक्तित्वहरूको सहभागिता भएको थियो । कार्यक्रममा ऋचा डोजोबाट दिपेश मगर र सन्दिपा लामा उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका छन् । यस विद्यालयले विगत वर्षहरुदेखि पढाईका साथै अतिरिक्त क्रियाकाल, विज्ञान प्रर्दशनी, खाना महोत्सव गर्नुका साथै जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरुमा समेत प्रतिस्पर्धा गरी विजेता बन्ने गरेको छ । विद्यालयमा निःशुल्क रुपमा दैनिक सितेरियाृ कराते सिकाई हुने गरेको संस्थापक प्रिन्सिपल नवराज खड्काले जानकारी दिनुभयो । विद्यालयले बालबालिकमा सामाजिक भावनाको विकास गरि समाजसेवामा लाग्ने प्रैरणा विकास गर्न हरेक वर्ष आश्रम तथा बालगृह तथा अटिजम बालबालिकाका लागि आर्थिक सहयोग गर्दै आएको ऋचा सह शिक्षा सदनका प्रिन्सिपल सतिस खड्काले बताउनुहुन्छ ।
प्रतिक्रिया