११ असार २०८२, बुधबार | Thu Jun 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ऋचा सह शिक्षा सदनका सञ्चालक खड्का सम्मानित



राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरेद्धारा ऋचा सह शिक्षा सदन चन्द्रागिरि नगरपालिकाका दहचोकका संस्थापक सञ्चालक नवराज खड्का सम्मानित हुनुभएको छ ।

तिलक फिल्मसले शिक्षा क्षेत्रमा निरन्तर योगदान पु¥याउनु भएका सञ्चालक खड्कालाई सम्मान गरेको जनाएको छ । फिल्मले खड्का सहित अन्य विभिन्न सामाजिक क्षेत्रमा कार्यरत व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गरेको जनाएको छ ।

ऋचा सह शिक्षा सदनका संस्थापक प्रिन्सिपल समेत रहनुभएका नवराज खड्का यस अघि पनि राजधानीको ग्रामिण क्षेत्रमा विद्यालय सञ्चालन गरेर शिक्षामा योगदान पु¥याउनु भएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, शिक्षा मन्त्रीलगायतबाट सम्मानित हुने आउनुभएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  २ : ३० बजे