३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा



कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नं ५ लाई बिहीबार बालश्रम मुक्त वडा घोषणा गरिएको हो । नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नं. ५ बाट गरिएको नगरपालिकाले जनाएको छ । अन्य वडाहरुलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने पनि बताइएको छ ।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं. ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान समेत प्रदान गरेकि थिइन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ९ : १६ बजे