पूर्व सांसद् तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारीले यतिबेला पर्वतको पालिकामा सामाजिक उद्यमशिलताको अनुभव बाढ्न व्यस्त रहनुभएको छ । दुई हप्ता देखि पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा पुगी सामाजिक कार्यमा सक्रिय समुह तथा उद्यमीहरुसंग आफ्ना विगततका अनुभव आदान प्रदान गर्दै उद्यमी बन्न सकिने आधार र सम्मभावनाहरुको बारेमा फेरी एक पटक बहस सुरु गराउनुभएको हो ।
पर्वत जिल्लाका उद्यमशिलता अभियान्ता तिवारीसहित जलजला गाँउपालिका पर्वतका अध्यक्ष राजु आचार्य, उद्यमशील व्यक्तित्व जमुना आचार्यलगाएतको समूहले संचालन गरेको कृषिमा आधारित नमुना उद्यम टपरी एग्रो प्रालिको अवलोकन गरी भावी दिनमा यसको सम्भाव्यताका बारेमा छदफल गर्नुभएको हो । टपरी एग्रोले गरेको महत्त्वपूर्ण काम, उत्पादन तथा बजार योगदानका बारेमा चर्चा भएको सहभागी शिव प्रसाद शर्माले बताउनुभयो ।
स्थानीय सरकारका समसामयिक कार्यक्रमहरु र उद्यशीलता प्रवर्द्धन लगाएतका बारेमा छलफल भएको शर्माले बताउँनुभयो । त्यसैगरी अभियान्ता तिवारीले धाइरिङ तथा नाङ्लिवाङका पुराना व्यवसायीक, सामाजिक तथा राजनीति व्यक्तित्वहरुका साथै युवा वर्गसंग निरन्तर छलफल गरी नेपालमै कृषि र यसको सम्भावना बारेमा छलफल गर्नुभएको हो ।
तिवारीले ३० वर्ष अघिदेखि पर्वतमा सामाजिक उद्यमशीलताको अभियान सुरु गर्नुभएको थियो । अहिले पनि विभिन्न पालिकामा खाद्य प्रशोधन केन्द्रहरु सञ्चालन रहेका छन् । ती केन्द्रहरुले स्थानीय उत्पादनमा आधारित खाद्यन्नको प्रशोधन गर्दै गएका छन् ।
प्रतिक्रिया