७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादी नेता गोपी सुर्खेतीसहितका कार्यकर्ता पक्राउ



नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौताको विरोधमा चन्द्रागिरिमा नेकपा माओवादी केन्द्रले निकालेको मसाल जुलुसमा नगर अध्यक्षसहित दर्जनौ नेता कार्यकता पक्राउ परेका छन् ।

गुर्जुधारा चोकमा निकालिएको मसाल जुलुमा माओवादी समर्थक नेता कार्यकर्ता तथा राष्ट्रवादी सयौ नागरिक सहभागी भएका थिए ।

माओवादीको नेतृत्वमा निकालिएको मसाल जुलुशलाई प्रहरीले नियन्त्रणमा लिई अध्यक्ष सुर्खेतीसहित दर्जनौ कार्यकता पक्राउ गरेको हो ।

शक्ति राष्ट्रले शान्तिप्रिय मुलुकको भूमिबारे गरेको दुई पक्षीय सम्झौता नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेप भएको भन्दै भारतीय हस्तक्षेप बन्द हुनुपर्ने नारा लगाएका थिए । पक्राउ पर्नेमा अध्यक्ष गोपी सुर्खेती, पूर्वअध्यक्ष देवकृष्ण महर्जन, अनि पुनमगर, रोहन पुडासैनी, जनक ढुंगाना, सम्राट थापा, सानुकान्छा परियार र सुमित बस्नेत छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : १० बजे