१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चन्द्रागिरि नगरपालिका पूर्णरुपमा बालश्रम मुक्त घोषणा हुर्दै, वडा नम्बर १ दहचोक १४ औं बालश्रम मुक्त वडा घोषणा



चन्द्रागिरि नगरपालिका पूर्णरुपमा बाल श्रममुक्त घोषण हुने चरणमा पुगेको छ । चन्द्रागिरि नगरपालिकाका १५ वडा मध्ये १४ वटा वडा बालश्रम मुक्त घोषणा भएका छन् । आइतबार चन्द्रगिरि नगरपालिका वडा नम्बर १ दहचोकलाई समेत बाल श्रममुक्त वडा घोषणा गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गरि १ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

श्रीकृष्ण माध्यामिक विद्यालय एवम् वडा कार्यालयबाट बाल श्रम मुक्त जनसचेतनामुलक र्याली निकाली खहरे, त्रिवेणी चोक, सृजना चोक, मिलन चोक हुदै विद्यालयमा पुगेर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

र्यालीमा पञ्चेवाजासहित विभिन्न सरकारी, गैरसरकारी संघसंस्था, विभिन्न्न निजी तथा सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी, सुरक्षा निकार्य, कर्मचारी, जनप्रतिनिधि, व्यवसायी एवम विभिन्न पेसा व्यवसायमा आवद्ध सामाजिक व्यक्तित्वहरुको सभागिता रहेको थियो । कार्यक्रममा बाल श्रम मुक्त सम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्डसहित सचेतना फैलाउने काम गरिएको हो ।

समारोहकाबीच सो वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको प्रमाण पत्र कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले वडालाई हस्तान्तरण गरि मान्यता दिनुभएको हो । कार्यक्रममा वडाध्यक्ष हरिश्याम रानामगरले १ नम्बर वडा बालश्रम मुक्त वडा भएको घोषणा गर्नुभएको हो ।

बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने कानूनी व्यवस्था रहेको छ । सो कार्यक्रममा बालश्रम मुक्त घोषण प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको बालश्रम निरारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५/८५ को लक्ष्य अनुरुप बालश्रम निवारणका लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अवलम्बन गर्दै आएको छ ।

सो कार्यक्रममा बाल श्रम सम्बन्धी प्रतिवेदन वडा सदस्य अनिता गिरीले प्रस्तुत गर्नुभएको थियो, वडा अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन वडा सदस्य सुनिता रोक्काले गर्नुभएको थियो ।

कार्यक्रमको व्यवसथापन तथा समन्वयमा वडा सदस्यद्धय केशव गिरी र कविराज खड्काले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ का कर्मचारी तथा सो क्षेत्रमा योग्दान पुरयाउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको हो ।
यस कार्यक्रमका सम्पूर्ण फोटाहरु पालिका अनलाई फेसबुक पेज र भिडियो पालिका अनलाईन युटुवबाट हेर्न सकिने छ ।
https://www.facebook.com/palikaonline

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : ०५ बजे