२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गाउँ फर्केर उद्यमी बनेका मदनका परिवारको प्रेरणादायि कथा (भिडियोसहित)



गरे के हुर्दैन भन्ने उहाहरण दिएका छन् पर्वत फलेवास नगरपालिका १० कुर्घा डाँडाका मदन चापागाईले । जेनजी समूहका मदन भित्रुवन विश्वविद्यालयबाट डिग्री तहको व्यवस्थापन विषयमा सर्वोत्कृष्ठ अंक ए प्लस प्राप्त गरेका विद्यार्थी हुन । उनले केही समय प्राध्यापक समेत गरे । तर पनि जागिरे जीवनमा उनलाई खासै चासो लागेन ।

पर्वतका विभिन्न क्याम्पसहरुमा समेत अध्यायन गराएपनि पछि उनी आफैले कसैलाई केही रोजगारी दिन सकिने उद्यमशीलताको खोजी गर्न थाले ।

हजुरआमा, बुवा र आमाले सुरु गरेको परम्परागत खेती प्रक्रियालाई उनले केही व्यवसायिक बनाउँदै बजारसंग जोडेर आम्दानी गर्न सकिने अवसरमा परिणत गर्न थाले । फलस्वरुपः परिवारको साथ पाएका मदन आफ्नै घरमा रहेका केही माहुरीका गोला विस्तार गरी आफ्नै घरमा घार निर्माण उद्योग सुरु गरे ।

अहिले उनी घर मात्र निर्माण गद्र्रैन्न । स्थानीय युवा तथा बाहिरी जिल्लाका युवा कृषकलाई सिप समेत सिकाउँछन् । उनको कामलाई घर परिवारले समेत राम्रैसंग साथ र सहयोग गरेका छन् । दुई भाइ र बुवाआमाले खेती किसानीसहित माहुरीको हेरचार, उत्पादन र बजारीकरणका साथै समाजसेवामा समेत सक्रिय छन् । हाल चार सय घार माहुरी रहेका छन् । उता माहुरी घार बनाउने उद्योगमा ५० हजारसम्म तलव दिएर १० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

नाती घरमै बसेकोमा सबै भन्दा बढि खुशी र सुखी मदनकी हजुरआमा देखिन्छन् । आमा स्वास्थ्य स्वयमसेवीकाका रुपमा सेवा गर्नुभएको छ भने बुवा पूर्व शिक्षक हुनुहुन्छ ।
मदनका साथै उहाँका घरपरिवारसंग गरिएको कुराकानी…

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  १ : ३७ बजे