२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका नजिकको सडक भासिएको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ ।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।
यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।
प्रतिक्रिया