७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


बेनीमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का



म्याग्दी, साउन २८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, जनप्रतिनिधि र चिकित्सकसहित पुगेको प्रहरीको टोलीले फेला परेको कंकाल र अन्य सामग्री सङ्कलन गरेको थियो । मानव कंकाल फेलापरेको उक्त स्थान गिठेनी पोखरा वस्तीदेखि करिब दश मिनेटको दूरीमा पर्दछ ।

माटोमुनी गाडेको अवस्थामा शव फेला परेको र घटनास्थलमा फेला परेका सबै सामग्रीहरु सङ्कलन गरेर बेनी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘प्रहरी टोली पुगेर माटो मुनी गाडिएको अवस्थामा रहेको शवलाई निकालेर ल्याएका छौं । सङ्कलन भएको कंकाल र सामग्री बेनी अस्पतालमा राखेका छौं । मानव कंकाल र अन्य प्रमाणहरुको परक्षीणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउँछौं ।’ आफन्त र स्थानीयवासीहरुले उक्त मानव अस्थिपञ्जर बेपत्ता परियारकै भएको आशङ्का गरेको उनको भनाइ छ ।

फेला परेको मानव कंकाल र सामग्री विगत ८ महिनादेखि बेपत्ता परियारको भएको हुनसक्ने वडाध्यक्ष चक्रबहादुर केसीले बताए । उनले भने, फेला परेको सुनको सिक्री, चप्पल र कपाल बेपत्ता परियारकै भएको परिवारले दावी गरेका छन् । बाँकी कुरा अनुसन्धानपछि पहिचान होला ।’’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : २४ बजे