६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


अखिल क्रान्तिकारीमा उमेर हदको बहस



३० साउन, काठमाडौं । लामो समयदेखि सांगठनिक भद्रगोलमा गुज्रिएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । राष्ट्रिय सम्मेलन आउन करिब डेढ महिना बाँकी रहँदा नेताहरु देश दौडाहा, सदस्यता वितरण, कमिटीका बैठक लगायतमा व्यस्त छन् ।

संगठन आन्तरिक विवादमा फसेको बेला अध्यक्ष पञ्चा सिंहविरुद्ध युद्धकालीन मुद्दामा पक्राउ पुर्जी जारी हुँदा र महासचिव दिपेश पुन सहकारी प्रकरणमा मुछिएर पक्राउ पर्दा अखिल क्रान्तिकारी निष्कृय भएको थियो । नेता कार्यकर्ताहरु अन्यौलको स्थितिमा थिए । अहिले राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा बल्ल उनीहरु सल्बलाउन थालेका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आगामी असोज २ गतेदेखि ५ गतेसम्म चितवनमा हुँदै छ । राष्ट्रिय सम्मेलनले संगठनको नीति, विधि, कार्यक्रम र नयाँ नेतृत्वसमेत चयन गर्नेछ । तर शैक्षिक बहसमा भन्दा बढी नयाँ नेतृत्वमा चासो हुने गरेको छ ।

हाल अखिल क्रान्तिकारीमा १ हजार ५०० सदस्यीय जम्बो केन्द्रीय समिति छ । पदाधिकारी नै १७८ सदस्यीय छ । त्यसैले राष्ट्रिय सम्मेलनबाट चुस्त समिति बनाउने चुनौती नेताहरुलाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ५४ बजे