३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आगजनी मुद्दाका फरार सांसद अरुण चौधरी कारागार चलान



कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीसहितलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो । प्रहरीले उनलाई विहीबार बाँकेबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०५ बजे