काठमाडौं- बिहीवार भक्तपुरको गठ्ठाघरमा ट्रकले ना.६ ख २१७३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटनाले उक्त क्षेत्र केही घढटा तनावग्रस्त बनेको थियो । ट्रकको ठक्करबाट महिलाको मृत्य भएको खबर एकाएक फैलियो, तर महिला स्वयंले प्रहरीकहाँ गएर आफू जीवित नै भएको बताइन् ।
उनको कुराले सबै आश्चर्यमा परे । उक्त घटनामा कसको मृत्यु भएको थियो भन्ने कुरा चाचोको विषय बन्यो । तर प्रहरीले केहि क्षणमा नै लाइसेन्सको आधारमा उक्त घटनामा महिला नभएर पुरुषको मृत्यु भएको पत्ता लगायो ।
उक्त घटनामा ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको प्रहरी सनाखतबाट थाहा भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउापालिका–४ घर भएको थाहा भएको छ । उनी काठमाडौंको कपनमा बस्दै आएका प्रहरीले जानकारी दिएको छ ।
अहिले उनको शव महाराजगन्ज टिचिङ अस्पतालमा राखिएको छ । मृतकका आफन्त आएर शवको सनाखत गरेका थिए ।
प्रतिक्रिया