७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कार्यभार सम्हाले



नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतवार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन ।

पदभार सम्हाल्दै प्रमुख कार्यकाी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाए।

यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे। ग्लोवल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए ।

ग्लोवल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोवल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त हुनुभएका रेग्मीयसअघि नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  २ : १८ बजे