३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुग्लिनमा यात्रुवाहक बस अनियन्त्रित हुँदा दुर्घटना : १२ जना घाइते



चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२(००१ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहान सवा ७ बजे दुर्घटना हुँदा सडकको दाहिनेतर्फ रहेको डिभाइडरमा ठोकिएर घाइते भएका १२ जनालाई थप उपचारको लागि भरतपुर ल्याइएको छ । भने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ११ : ५३ बजे