६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध



भदौ १६ गते । बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने बाटो अवरुद्ध भएको छ । पानीको निकास नभएपछि त्यहाँ भएका सरकारी कार्यालयमा समेत डुबान समस्या छ ।

भारी वर्षाकै कारण चितवनको माडी नगरपालिकामा रहेको खोलामा अत्यधिक बाढी आएको छ । बाढीले खोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी आसपास क्षेत्रमा पछिल्लो चार घण्टा अति वर्षा भएको र थप वर्षा हुने देखिएकाले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आह्वान गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ४१ बजे