६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण



२४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्या पहिचान भएपछि चालकदलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’ को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : १६ बजे