२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस



२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।

कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ,’ परराष्ट्र स्रोतले भन्यो,‘अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ ।’

यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : १९ बजे