३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रहरीको ‘सई’ बताउँदै १६ जिल्लामा ठगी गर्ने दुई जना पक्राउ



२५ भदौ, सुर्खेत । प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन् ।

आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १० : ४३ बजे