६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


जाउलाखेलमा छापा मारेर ५० जना पक्राउ



२७ भदौ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।

यसबारे अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ३१ बजे