२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


म ज्युँदो हुँदै कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्छु: वामदेव गौतम



राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदै हुँदै पुनः एकपटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौतमले आफ्नो उद्धेश्य नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउने रहेकाले त्यसअनुरूप काम पनि गरिरहेको बताए।

उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफूबाहेक अरुले भुमिका खेल्न नसक्ने पनि दाबी गरे।

‘उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ, म सबैसँग मित्रता नै राखिराखेको छु । म निहुँ खोजी–खोजी मित्र बन्छु। शत्रुवत व्यवहार गर्ने छैन । त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु,’ उनले भने।

आफ्नै जीवनकालमा त्यो परिस्थिति ल्याउन सके आफू अधमरा भएको समयमा पनि हास्ने गौतमले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ४० बजे