१५ असार २०८२, आइतबार | Sun Jun 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्छ –विज्ञहरु



नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्दिजीवि परिषद, राष्ट्रिय सुरक्षा एबं बैदेशिक सम्वन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्वराजनीति र नेपाल” बिषयक अन्तर–सम्बाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् ।
कार्यक्रममा विषयवस्तु माथि प्रस्तुती गर्दै राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईले नेपालको सामरिक महत्व इतिहासमै सर्वाधिक वढेको हुदा नेपालको परराष्ट्र नीतिमा पुनरावलोकन हुनुपर्ने वताउनु भयो ।
सो कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चिन सम्वन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताको बिषयमा गम्भीर छलफल भएको भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का परराष्ट्र मामिला बिभाग उप–प्रमुख कृष्ण बहादुर केसीले बिश्वमामिलामा र नेपालको बदलिएको राजनीतिक समीकरणबारे बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल बुद्दिजीवी परिषदका उपाध्यक्ष बिधान आचार्य, डा. दीपेन्द्र भण्डारी, महासचिव गजेन्द्र थपलिया, उप–महासचिव सुशील बिके, देवेन्द्र ढुंगाना, श्रषि उपाध्याय, भुमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुषाल, पाइलट मेल्सम ओझा लगायतका बुद्दिजीवीहरुले उक्त कार्यक्रममा आ–आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रमको संचालन अध्ययन केन्द्रका सह–संयोजक हरि प्रकाश चन्द (अग्निपुंज) ले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : १९ बजे