१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनप्रतिनिधि


नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने मन्त्री गिरीको प्रतिवद्वता



स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा विकराल समस्या रहेको भन्दै ती समस्या समाधान गर्ने र आम नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने प्रतिवद्वता जनाएका छन् । शनिबार स्वास्थ्य पत्रकार मन्चको आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्र विपन्नको पहुँचमा पुर्‍याउने पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको बताए । मन्त्री गिरीले विकृती, अभाव र अनुतर्दायित्व प्रवृतिमाथी कमल चलाउन सन्चारकर्मीसमक्ष आग्रह गरे ।

सन्चारकर्मीले वास्तविक जनताका गुनासो र समस्यालाई नेतृत्व तहमा पुर्याए त्यसमा सरकारले जिम्मेवार भएर काम गर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा रहेका विकृति हटाउन आफू लागिरहेको बताउँदै उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गर्ने तथा हिजोभन्दा स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिवद्वता जनाए ।

स्वास्थ्य राज्य मन्त्री तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रका समस्या, अनियमित, विकृति हटाउन सन्चारकर्मीको भुमिका महत्त्वपूर्ण रहेको बताइन्। उनले दुर दराजको स्वास्थ्य र शिक्षामा राज्यको उपस्थिति पुर्‍याउने मिडियाले प्रमुख भुमिका खेलेको बताउदै मन्त्रालयले सहकार्य गर्न तयार रहेको बताइन्। पछिल्लो समय स्वास्थ्य पत्रकारितामा सुधार आएको उनको भनाइ छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : ४८ बजे