काठमाडौँ, असोज ११ गते । बुधवार राती देखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थलहरू खुल्ने क्रममा रहेकाले दिउँसो पख मौसम खुलेमा उडान हुन सक्ने उहाँले जानकारी दिए।
प्रतिक्रिया