४ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


रास्वपा केन्द्रीय समिति बैठकमा प्रथम राष्ट्रिय भेलाको समिक्षा गरिने



११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको झाले जानकारी गराए ।

छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि राखिएको छ ।

रास्वपाले आज अपरान्ह ४ बजे गर्ने भनिएको पत्रकार सम्मेलन दिउँसो २ः३० बजेका लागि सारिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : १९ बजे