५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कृषि विकास बैंकबाट बाढी पिडितलाई ढेड करोड राहात हस्तान्तरण



कृषि विकास बैंक लिमिटेडले बाढी पहिरोमा परेकाहरुलाई सहयोगको लागि एक करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतको रकम प्रधानमन्त्री केपी शर्मा ओली मार्फत हस्तान्तरण गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा कृषि विकास बैंकले एक करोड ५० लाख रुपैयाँ दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक सञ्चालक समितिका अध्यक्ष तथा पूर्व सचिव रामशरण पुडासैनी, सञ्चालक समिति सदस्य तथा सहसचिव दिर्घराज मैनालीलगायतले हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले सामाजिक उत्रदायित्व अन्र्तगतको रकम बाढी पिडितको राहातको लागि हस्तान्तरण गरिएको बैंकका उपमहाप्रवन्धक एवम बजार व्यवस्थापन प्रमुख यज्ञप्रकाश न्यौपानले बताउँनुभयो । मुलुकमा प्राकृतिक प्रकोपका कारण हजारौ मानिसहरु घरबहार विहिन भएको समयमा तत्कालका लागि केही राहात होस भनेर सहयोग गरेको न्यौपानेले बताउँनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ०४ बजे