२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त



काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो ।

उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ११ : ३२ बजे