२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विपद् व्यवस्थापन समिति बैठक

विपद्‌मा खोज तथा उद्धारका लागि हेलिकप्टरसहितका उपकरण किन्न सिफारिस



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपद्को समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टरसहितका उपकरण चाहिने ठहर गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद्का बेला खोज तथा उद्धार गर्न हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको बैठकपछि प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि ती सामग्री किन्न प्रधानमन्त्री अध्यक्ष रहेकै प्राधिकरणकै राष्ट्रिय परिषद्लाई सिफारिस गरिएको छ ।

‘विपदमा खोज र उद्धारलाई प्रभावकारी बनाउन थप हेलिकप्टर चाहिएको हामीले महसुस ग¥यौं, अन्य उपकरणको पनि व्यवस्थापन गर्न भोलि बस्ने राष्ट्रिय परिषद्को बैठकलाई सिफारिस गरेका छौँ’, अधिकारीको भनाइ छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्को बैठक शुक्रवार बोलाइएको पनि अधिकारीले बताए । यस्तै कार्यकारी बैठकले यो वर्ष मनसुन अवधि (जेठ २८ देखि असोज २६ गतेसम्म) मा विपदबाट मृत्यु भएकाहरूको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको विस्तृति अति आकलन तत्काल अघि बढाइ स्थायी निजी आवास पुनर्निर्माण प्रक्रियाको विस्तृत कार्य योजना तयार गर्न प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ९ : ०२ बजे