८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने



विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ ।

राष्ट्रपति भण्डारीले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

‘‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते शुक्रबार दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९५ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै, धारा ९५ को उपधारा २ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था नेपालको संविधानमा छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ३२ बजे