५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशी नौ महिनामा पुनर्निर्माण हुने, झण्डै दुई अर्ब लागत



दोलखा । गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगर स्थितको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणका लागि करिब दुई अर्ब लाग्ने भएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक अर्ब ८० करोड करोड खर्च लाग्ने केन्द्रका प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले जानकारी दिए ।

उनका अनुसार बाढीबाट भएको क्षतिका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई एक अर्ब ७९ करोड छ लाख ९६ हजार ७८५ रुपियाँ बराबरको बिमा दाबी गरिसकिएको छ । पुनर्निर्माणको विस्तृत डिजाइनको काम एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । पुनर्निर्माणका लागि मात्रै नौ महिना लाग्ने अनुमान गरिएको छ ।

बाढी पहिरोले केन्द्रको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ भने सिभिल तथा हाइड्रो इलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोडभन्दा बढी र कात्तिक महिनामा पनि सञ्चालन हुन नसके २१ करोडभन्दा बढी बराबरको घाटा भएको अनुमान छ । आगामी मङ्सिरदेखि प्लानिङ साइटबाट केही विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँको भनाइ रहेको छ ।

हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेगरान हटाउने काम अघि बढेको र आंशिक विद्युत् उत्पादन गर्न पहल भइरहेको छ । केन्द्रका प्रमुख प्रबन्धक रञ्जितले प्लानिङ साइटमा रहेका ढुङ्गा र थुपारेको स्प्रे हटाउने काम एसएस सिई हाइ हिमालयन इन्जिनियरिङ जेभिले गरिरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ०३ बजे