३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


शाखा अधिकृतको लिखित परीक्षा विना कारण स्थगित



लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा विना कारण स्थगन गरेको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।

आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।

सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । परीक्षाको तयारी गरेको शैक्षिक वर्ग परीक्षा स्थगित संगै निरास बनेका छन् । शहरका विभिन्न क्षेत्रमा खर्च गरी अध्ययन गरेका परीक्षार्थी एक्कासी परीक्षा स्गगित भएपछि आर्थिक भारमा परेको गुनासो समेत गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ३९ बजे