९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपत्यकासहित विभिन्न स्थानमा सामान्य वर्षा



सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

महाशाखाका अनुसार आइतबारदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्नेछ ।

वर्षा हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : २२ बजे