९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


डग शोको तयारी पूरा (भिडियोसहित)



केनेल क्लब अफ नेपालद्वारा आयोजित ‘बाइरो तेस्रो ब्रिड च्याम्पियनसिप डग शो’ को तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

केनेल क्लब अफ नेपालका अध्यक्ष प्रविण कुमार बज्राचार्यले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो ।

उहाँले यस पटक डिजिटल मार्केटिङको माध्यमबाट धेरै दर्शक र सहभागीहरूसम्म पुग्न सफल भएको बताउनुभयो ।

कार्यक्रमको आयोजक केनेल क्लब नेपालका अध्यक्षले सबैलाई शोमा सहभागी हुन आग्रह गर्दै प्रायोजक र समर्थकहरूलाई धन्यवाद गर्नुभयो ।

ब्रीड निर्णायक मिस्टर सञ्जय गुरुङले वर्ल्ड केनेल युनियनको मापदण्ड अनुसार कुकुरहरूको मूल्याङ्कन गरिने बताए ।

प्रायोजक बाइरोका तर्फबाट सुरेश शाहले कुकुरको उच्च नस्लको संरक्षण र प्रबर्द्धनका लागि यस्ता शोहरू महत्त्वपूर्ण हुने बताएका छन् ।

आधिकारिक साझेदारका तर्फबाट मुना भेट फार्म तथा मुना भेटेरेनरी अस्पतालका प्रतिनिधि राम प्रसाद न्यौपानेले आफूहरू पशुसम्बन्धी सामाजिक कार्यहरूमा सक्रिय रहेको र यो डग शोको भागिदार हुन पाउँदा खुशी लागेको बताएका हुन ।

यस शोले कुकुरको उच्च नस्लको संरक्षण र प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ ।

कार्यक्रम माघ ५ गते जाउलाखेल फुटबल ग्राउण्डमा आयोजना हुनेछ ।

कार्यक्रममा भोटेकुकुर क्लव अफ नेपालका अध्यक्ष विजय पौडेलले कृषकका लागि समेत यो सो निकै महत्वपूर्ण भएको बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ४० बजे