२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मुना भेटेरीनरी अस्पतालको शाखा चन्द्रागिरिमा विस्तार



पशुपंछीको उपचारका लागि निजी क्षेत्रबाट ललितपुरको लगनखेलमा सञ्चालित मुना भेटेरीनरी अस्पतालले थप शाखा विस्तार गरेको छ । मुना भेटेरीनरी अस्पताल प्रालि एवम् मुना भेट फार्मले नयाँ वर्षसंगै चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा शाखा विस्तार गरेको हो ।

प्रगती नगर गेट नजिकै सेवा सञ्चालन गरेको अस्पतालले घाईते तथा विरामी पशुपंछीको उपचार, परामर्श, औषधीजन्य तथा सामाग्रीहरुको सेवामा काम गर्ने जनाएको छ ।

राजधानीमा नमूना भेटेरीनरी अस्पतालको रुपमा छुट्टै पहिचान बनाएको अस्पतालले २१ वर्षदेखि निरन्तर रुपमा क्रियाशिल भई लगनखेलबाट सेवा गरेको अस्पतालकी सञ्चालिका स्वस्तिका न्यौपानेले बताउँनुभयो । साथमा अड्गुरी भेट फर्मा समेत सञ्चालनमा रहेको छ ।

अस्पतालले पशुपंक्षी विशेषज्ञहरुबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालमा आकस्मिक सेवा, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा रहेको सञ्चालिका न्यौपानेको भनाई छ ।

पशुपंछी, माछा, घरपालुवा जनावरको उपचार, दाना एवम् कृषिजन्य सामग्रीहरुको समेत व्यवस्था रहेको अस्पतालमा विऊविजनका साथै औषधीहरुको समेत विक्री वितरण हुने गरेको छ ।

अस्पतालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १० जना भन्दा बढिले रोजागरी पाएका छन् भने पशुपंक्षीको उपचारका लागि अस्पतालमा लिएर आउनुका साथै घरमै पुगेर समेत सेवा दिने व्यवस्था गरिएको व्यवस्थापक विमल मगरले बताउनुभयो । दिवाकालीन सेवा दिइरहेको अस्पतालले आगामी दिनमा थप क्षमता विस्तार गरी निकट भविश्यमै एम्बुलेन्ससहित २४ सै घण्टा सेवा दिने लक्ष्य समेत लिएको छ । मानव श्रोत साधन र प्रविधिको व्यवस्थापनमा अब्बल रहेको मुना अस्पतालले आगामी दिनमा सेवासँगै श्रोत साधनलाई समय सापेक्ष बनाई सेवा थप प्रभावकारी बनाउने लक्ष्य लिएको प्रमुख व्यवस्थापक सिता न्यौपानेको भनाई छ ।

पशुपंछीको उपचारका लागि अत्याधुनिक अस्पतालबाट दुई दशकभन्दा लामो अनुभव हासिल गरेको छ । यति मात्र नभई मुना भेटेनरी अस्पताल प्रालिले विभिन्न समयमा यस क्षेत्रमा क्रियाशिल विशेषज्ञहरुसंग छलफल, सेमिनार तथा कार्यक्रम गर्नुका साथै कुकुर तिहारमा कुकुर विशेष कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पशुपंक्षीका क्षेत्रमा सेवा विस्तार तथा क्षमता अभिबृद्धिका लागि तालिम केन्द्रको रुपमा विकास गर्दै प्रभावकारी बनाउने मुना भेट तथा मुना भेटेरीनरी अस्पताल प्रालिको लक्ष्य भएको न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ३७ बजे