काश्मिर हत्याकाण्डपछि भारत सरकारले कडा निर्णय लिएकाे छ । भारतले पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र भारत छोड्नुपर्ने निर्णय गरेकाे हाे ।
पाकिस्तानसंगको सिन्धु जल सम्झौता रोक्ने,
अटारी सीमाबाट पनि आवतजावत रोक्ने निर्णय समेत भारतले लिएकाे छ ।
पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउने, पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र भारत छोड्नुपर्ने, पाकिस्तानमा रहेको भारतीय दूतावास र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्ने र पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्नुपर्ने कठाेर निर्णय भारतले गरेकाे हाे । काश्मिरमा मंगलबार अातंकवादी हमलामा परि २८ जनाकाे ज्यान गएकाे थियाे ।
११ बैशाख २०८२, बिहिबार
0
Shares
प्रतिक्रिया