३० असार २०८२, सोमबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाल टेलिकमद्धारा अपांगता भएका बालबालिकालाई सहयोग



नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकालीले अटिजम भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । टेलिकमले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित अटिजम, केयर सेन्टरलाई दैनिक जीवनमा प्रयोग हुने खाद्यन्न सामग्री सहयोग गरेको हो ।
नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम केयर सेन्टरलाई खाद्यन्न वितरण गरिएको व्यापार अधिकृत कृष्ण प्रसाद पौडेलले बताउँनुभयो । अधिकृत पौडेलले अटिजम भएका बालबालिकाहरुलाई हेर्न र व्यवहारिक शिक्षा दिन निकै चुनौतिपूर्ण रहेको अवस्थामा केयर सेन्टरले गरेको कार्यको मुल्याङकन गर्दै केही सहयोग होस भनेर खाद्यन्न हस्तान्तरण गरिएको बताउँनुभयो ।

default

पौडेलले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाई कार्यका लागि सहयोग हस्तान्तरणले केही टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १३ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

default

कार्यक्रममा संस्थाकी अध्यक्ष गिता कुमारी घिमिरेले नेपाल टेलिकमले अटिजम केयर सेन्टरलाई सहयोग गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दै अटिजम भएका बालबालिकालाई हेरचाह गर्न निकै चुनौति भएकाले सरोकारवाला निकायले समेत यस तर्फ ध्यान दिनु पर्ने धारणा राख्नु भयो ।

default

कार्यक्रममा सेन्टरका सल्लाहकार शकर खड्काले नेपाल टेलिकमले गरेको खाद्यन्न सहयोग कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत अटिजम भएका बालबालिकालाई सरकार, समाज तथा संस्थाबाट निरन्तर सहयोगको खाँचो रहेको बताउँनुभयो । खाद्यन्न हस्तान्तरण कार्यक्रमम नेपाल टेलिकमका सहायक व्यापार अधिकृत समीक्षा ढुंगाना, आकंक्षा शर्मा, वरिष्ट सहायक यादव प्रसाद अधिकारी, समाजसेवी छविलाल घिमिरे, सन्तलाल श्रेष्ठ अभिभावक तथा अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : २१ बजे