१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न



नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो ।

नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा उक्त जाँच गराएको थियो । विशेषगरी विवाहित महिलाहरुमा उच्च जोखिम रहने हुँदा पाठेघरको क्यान्सरसँग सम्बन्धीत परीक्षण गराइएको हो । उक्त एचपीभी डीएनए परिक्षणमा नाफिजका २६ महिलाहरु सहभागी भएका थिए ।

पाठेघरको मुखको क्यान्सरबाट विश्‍वमा हरेक वर्ष लाखौं महिलाहरू प्रभावित हुने गरेका छन् । नेपालमा समेत यो स्वास्थ्य समस्याको जोखिम वर्षेनी बढ्दै गइरहेको छ । नाफिजले यही तथ्यलाई मध्यनजर गर्दै आफ्ना सदस्यहरुको परिक्षण गरेको नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् ।

परिक्षणबाट २६ जना महिला सदस्य लाभान्वित बनेको उनको भनाई छ । ‘नाफिजमा आवद्ध सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘यो परिक्षणले समयमा नै रोगको पहिचान गर्न र उपचार गर्न सदस्यहरुलाई सघाउने छ ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : २० बजे