८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


माओवादी उपाध्यक्षमा पूर्व सभामुख र पूूर्वमन्त्री मनोनीत



नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् । पुर्व सभामुख तथा माओवादी नेता अग्निप्रसाद सापकोटा र पूर्वमन्त्री पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ ।

हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको हो । भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो। उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।

यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् । माओवादीले महाधिबेशन गरेपनि पद भने मनोनित गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ३० बजे