६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


८ प्रतिशत आर्थिक वृद्धि लक्ष्य पूरा नहुने (पुुरा भिडियोसहित)



उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको ८ प्रतिशतकाे आर्थिक बृद्धि लक्ष्य हासिल गर्ने उद्देश्य पुरा नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाव परी देशको अर्थतन्त्र चरम दबावमा रहेको बताए ।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका हुन् । “केहि हाम्रा संरचनागत सिमितता र केहि अन्तरराष्ट्रिय असरका कारण सुधारका प्रयासले ठाेस नतिजा दिन भने समय लाग्ने भएकाे छ,” उनले भने ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताए । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलकाे भनाइ छ । उनका अनुसार बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको छ ।
अर्थमन्त्री पौडेलले १३ खर्ब ४१ अर्बको राजश्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका छन् । उनले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएका हुन् ।

अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेका छन् । उनले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले चालु खर्चमा मिताव्ययिता कायम गरी खर्चलाई पुनःप्राथमिकिकरण गर्ने बताए । उनले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ८४ करोय १६ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेका छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : १९ बजे