१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


८४ वर्षिया आमाको आगो लगाई हत्या आरोपमा छोराबुहारी पक्राउ



तनहुँको जिल्लाबो बन्दीपुर स्थित ८४ वर्षकी वृद्धा आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका वडा नम्बर ३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोराबुहारी पक्राउ परेको प्रहरीले जनाएको छ । ४७ वर्षका छोरा राज कुमार सार्की र ३५ वर्षकी बुहारी सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले मायाको शव सोमबार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा भेटेको थियो । गोठमा आगो लाग्दा वस्तुभाउ पनि मरेका छन । तनहुँका प्रहरी प्रमुखले प्रारम्भिक अनुसन्धानबाट छोरा बुहारी मिलेर हत्या गरेको हुन सक्ने बताएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : १३ बजे