९ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पूर्वराजाका बाबुछोराको व्यवसायी दुर्गा प्रसाईंको महाअभियानलाई साथ



मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै सुरु गरेको अभियानमा पूर्वराजाको समेत सहभागिता रहेको छ । प्रसाईले सोमबार पूर्वी नेपालको झापा जिल्लाको नाकास्थित काँकडभिट्टाबाट अभियानको सुरुवात गरेका छन् । उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेको जनाएका छन् ।

प्रसाईंको यो अभियान मेचीदेखि महाकाली पुगेर टुंगिने बताइएको छ। अभियानको उद्घाटनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका छन् । पूर्वराजपरिवारका सदस्यसहित सहभागी भएका शाहले दीप प्रज्ज्वलन गर्नुका साथै शान्तिको प्रतिक परेवा उडाएर सुरुवात गरेका हुन ।

सो कार्यक्रममा कहि पनि औपचारिक कार्यक्रममा सहभागी नहुने पूर्व युवराज पारस शाह समेत मञ्चमा बसेका छन् । सार्वजनिक कार्यक्रममा कमै देखिने शाह प्रसाईंले गरेको यो अभियानमा भने सार्वजनिक रूपमै देखिनुलाई राजनीतिक रुपमा निकै महत्वका साथ हेरिएको छ। तर, उनले कार्यक्रममा केही पनि सम्बोधन गरेन्न । पछिल्लो समय प्रसाईं राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका छन्।

सो कार्यक्रममा पनि प्रसाईंले गणतन्त्रविरोधी तर्क गरे। अहिलेको अवस्थामा गणतन्त्र काम छैन भन्ने अवस्थामा पुगेको उनले बताए। प्रसाईंले यो अभियान बैंक र वित्तीय संस्थाको आतंकविरुद्ध भएको समेत चेतावनी दिएका छन् । उनले बैंक र वित्तीय संस्थाका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएकोले अभियान चलाएको बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ३८ बजे