९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले पूर्व अर्थमन्त्री अधिकारीको छोरी रास्वपा केन्द्रिय सदस्य



नेकपा एमालेका पुर्व अर्थमन्त्री भरतमोहन अघिकारीकी छोरी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य भएकी छन् । पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारीलाई समेत केन्द्रिय सदस्य बनाएको हो । उनी भरतमोहन अधिकारीकी माइली छोरी हुन् ।

व्यवसायमा आवद्ध रहेकी अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय रहदै आएकी हुन । ठूलोबुबा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् ।

उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताकि छन् । उनी एमालेमा हुदाँ उद्योग विभागमा थिइन् ।

आफ्ना बुवाले तल्लो तहको जनताको उत्थानको उद्देश्य बोकेर राजनीतिक गरेपनि अहिले कम्युनिष्ट पार्टीले विगतको ठूलो योगदानलाई सम्बोधन गर्न नसकेको उनको विश्लेषण छ । कम्युनिष्ट पार्टीहरुले त्यो एजेन्डा नबोकेर आफूलाई मात्र बनाउनका लागि हामी जस्तोलाई भ¥याङका रुपमा मात्रै प्रयोग गरेको अनुभूति भएको भन्दै आफु नयाँ पार्टीमा लागेको स्पष्ट पारेकी छन् ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अधिकारी ४ मंसिरको प्रतिनिधिसभा बैठकमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन् । नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहेकी उनी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत छिन् ।

आफूमा देश र जनताको लागि केही गर्छु भन्ने हुटहुटी रहेको र रास्वपाको आर्थिक एजेन्डा समेत आफूलाई मन परेको अधिकारीको भनाइ छ । ‘अरु पार्टीले खाली घोषणापत्रमा मात्रै लेखेको तर सबै आफू बन्नलाई मात्रै तीन÷चार दशकदेखि हामी जस्ता मान्छेहरु भर्‍याङको रुपमा प्रयोग गरेको पाएकाले पनि रास्वपा रोजेँ’, उनले अनलाइन खवरमा बताएकी छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५६ बजे