२७ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मेयर बालेनसँग तत्काल जरिवाना नलिन सर्वोच्चको अन्तरिम आदेश



सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण तोकिएको समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

बालेन शाहको हकमा सर्वोच्च अदालतले तत्काल जरिवाना बुझाउनु नपर्ने भनी अन्तरिम आदेश दिएको हो । देसभरका सबै जसो उम्मेदवारले निर्वाचन खर्चको विवरण नबुुझाउदा आयोगले २ लाख देखि पद हेरी जरिवना तोकेको छ । आयोगले उनीहरुलाई कुनै मौकानै नदिई एक लैटी रुपमा जरिवाना ताकेको भन्दै राष्टपतिलाई लदाले शै भरका ञापन पत्र समेत बुुझाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ३४ बजे