२७ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन



संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोदीले कुनै पनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिनुभएको हो ।

“इजि मनी अर्नको अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ” मन्त्री मोदीले भन्नुभयो, “तपाईसँग मेरो आग्रह छ भने तपाईहरुले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस् ।”

मन्त्री मोदीले उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्नेतिर ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सरुवाका लागि नेता र ठूला कर्मचारी बोकेर हिड्नुपर्ने अवस्था छ, तर तपाईहरुलाई मेरो आग्रह छ भने तपाईहरु राज्यले खोज्ने कर्मचारी बन्नुस्, फलाना कर्मचारी मेरो मन्त्रालयमा ल्याउन पाए हुन्थ्यो भन्नेसम्मका तरिकाले काम गर्नुस् ।”

लोक सेवामार्फत् हालै शाखा अधिकृतमा नियुक्त भएका २३९ जना प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षण ६ महिनासम्म चल्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ५८ बजे