२७ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ग्यास विस्फोटमा परेका कांग्रेस नेता भण्डारीका आमा छोरा गम्भिर, आइसियुमा उपचार



गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेस नेता तथा सांसद डाक्टर चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डाक्टर किरण नकर्मीका अनुसार उहाँहरूको स्वास्थ्य स्थिति गम्भीर छ ।

अस्पतालका अनुसार उहाँहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदैछ। डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

उहाँ भन्नुहुन्छ, डा. भण्डारीको फोक्सोमा धुवा पसेकाले दुवैको अवस्था गम्भीर छ।

डा. चन्द्र भण्डारीको सचिवालयका अनुसार बिहीबार राती १० बजे ग्यास पड्किएर घटना भएको थियो । अस्पतलामै रहनु भएका डा. भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुटामा जलेको छ ।

यसैगरी, उहाँकी ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ । उहाँको शरीरको ७० प्रतिशत भन्दा बढी जलेको भनाइ उपचारमा संलग्न चिकित्सकको छ । दुवैलाई सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी भुसालले दिनुभयो ।

उहाँहरू सुतिहरेको अवस्थामा एक्कासि ठूलो आवाजसहित ग्यास विस्फोट भएको थियो । डा. भण्डारी नेपाली कांग्रेसका प्रभावशाली नेता समेत हुन । पछिल्ला दिनमा सिलिन्डर समस्याका कारण दिनहुुँजसो विस्फोट हुने गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : २१ बजे