२४ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अनेरास्ववियुलाई अध्यक्ष ओलीको निर्देशन, स्ववियू निर्वाचन तयारीमा जुट्नुु



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई निर्देशन दिएका छन् । अनेरास्ववियुको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सपथग्रहण गराउने क्रममा उहाँले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन् ।

स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गरे ।

ओलीले भने, ‘फेरि चैत्र ५ गते स्ववियू निर्वाचन आउँदैछ । नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको संगठन हो । फेरि भिडन आउँदैछ । अव तपाईहरुले त्यसको तयारी गरिहाल्नु हुनेछ । अहिले तपाईहरुले स्ववियूको निर्वाचनमा जाँदा अहिले नै एक महिना बाँकि छँदै तयारी गर्नुस् । शालिन र नम्र व्यवहार गर्नुस् ।’

ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए । अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।

अनेरास्ववियुको २३ औ रास्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

अध्यक्ष समिक वडाल
उपाध्यक्ष गोबिन्द गिरि
उपाध्यक्ष नारायण घर्ती
उपाध्यक्ष धर्म गिरि
उपाध्यक्ष मर्यादा बिस्ट
महासचिव नरेश रोकाय
सचीव डा. सुजन कडरिया
सचीव प्रकाश पौडेल
सचीव आशीर्वाद सुवेदी
सचीव दिपेश प्रसाईं
सचीव सन्जिव धिताल
सचीव दिपक धामी
सचिब मनोज ताम्ली
सचीव अन्जना शिवाकोटी
सचीव बिनिता काफ्ले
सचीव आरती भट्टराई
कोषाध्यक्ष सङ्गम अर्याल
निर्वाचन आयोग अध्यक्ष सत्य शाही
अनुशासन आयोग अध्यक्ष शोभा सापकोटा
लेखा आयोग अध्यक्ष इ. सुनिल तिमिल्सिना

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : २८ बजे