३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यती एयरलाइन्सका सबै उडान रद्द



यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गर्ने निर्णय गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।

कम्पनीको नाइन एन एएनसी एटीआर ७२(५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सरकारले समेत सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ०४ बजे