राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दलहरुका बीचमा कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति भएको बताए ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता थिए ।
यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको बताएका छन् । उनले आजको बैठकमा प्रधानमन्त्रीले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याएको बताएका हुन । प्रचण्डको प्रस्तावमा बैठकमा सहभागि आठै दलले समर्थन गरेका छन् । भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
प्रतिक्रिया