संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा सञ्चारकर्मी शेखर अधिकारी नियुक्त भएका छन् । हाल नेपाल टेलिभिजनको अनलाइन संस्करणको सम्पादकका रुपमा रहेका अधिकारीलाई सभामुख घिमिरेले शुक्रबार नियुक्त गरेको सभाुमुखको सचिवालयले जनाएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चारमाध्यममा काम गरेको अनुुभव छ ।
मोफसल साप्ताहिक, सप्तकोसी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चारमाध्यममा काम गरिसकेका अधिकारीले २०७५ देखि ०७७ सम्म संसद् सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गरेका थिए । अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।
हरेक विषय बस्तुका जानकार, इमान्दार तथा कर्तव्यनिष्ठका साथै लगनशिलर अध्ययन गर्ने स्वभावका अधिकारी ससदीय मामिलाका जानकार समेत हुन । उनको सम्पदान तथा संयोजनमा संसदसंग सम्बन्धीत विविध पुस्तक तथा प्रकाशनहरु प्रकाशित भएका छन् ।
प्रतिक्रिया